१९ कार्तिक २०८३, बिहिबार

श्रीमानको कुटाईबाट बाजुरामा एक महिला गम्भीर घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– तुलाराम जैशी/प्रेम विक

बाजुरा, २१ पुस । श्रीमानको कुटाईबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

उनी अहिले आँखा देख्न र हिड डुल गर्न सकिरहेकी छैनन् । श्रीमान र आफ्नो नाम नभन्ने सर्तमा पतिले आफू घरमा बसिरहेकै अवस्थामा एक्कासी आएर कुटेर घाइते बनाएको उनको भनाई छ ।

साथीसंग कुरा गर्ने शिलशिलामा एक्कासी श्रीमान आएर किन ? कस्लाई फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको घाइते भएकी पीडितले बताईन् । उनले भनिन् ‘म घरमै अफिसको डकुमेन्ट तयार गर्दै थिए, श्रीमान आएर लठ्ठीले हिर्काए । म माथि कुटपिट भएपछि छिमेकीको घरमा पुग्न सफल भए र ज्यान मात्र बचेको छ ।’

छिमेकी नभएको भए आफ्नो ज्यान जाने थियो उनले भनिन् । हाल उनी जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा उपचार गराई राखेकी छन् । उनी आँखा देख्ने अवस्थामा नै छैनन । वाँया हातसमेत भाँचिएको छ । शरीरका विभिन्न भागमा समेत घाउ चोट लागको छ ।

पीडितमाथि भएको घरेलु हिंंसाको कानुनी उपचारका लागि अहिले जिल्ला प्रहरी कार्यालय बाजुराले अंगभंग मुद्दा दर्ता गराएर कारवाही प्रक्रिया अगाडि बढाएको बाजुराका डीएसपी दल बहादुर बोगटीले जानकारी दिए ।

पीडित महिलालाई श्रीमानले विभिन्न वाहनामा पटक पटक कुटपिट गर्दै आएको र यस्ता कार्य अब कहिले गर्नेछैन भनि प्रहरीमा कागज पनि थुप्रै बनिसकेको पीडित महिलाले बताइन् । बारम्वारको यातनाले हाल उनको शारीरिक, मानसिक अवस्था असन्तुलित एवं अशक्त बन्दै गएको छ ।

२०६० सालमा उनको प्रेम विवाह भएको थियो । उनका १ छोरा ६ वर्षको र जेठी छोरी १० वर्षका छन् । उनका श्रीमान अहिले जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा छन् ।