– सन्तोष यादब
सिरहा, २१ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पंसेरामा आज ट्रकको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पंसेरा गाविस ९ गरुवाहाका लक्ष्मण रामको ५ बर्षिय छोरा अर्जून राम रहेका छन् ।
पूर्वबाट पश्चिततर्फ जाँदै गरेका ना. २ ख. ६२८० नम्बरको मालबाहक ट्रकले अनियन्त्रित भएर सडकको छेउमा उभिएका बालक अर्जुनको को ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते बालक अर्जुनको उपचारका लागि बाहिर लग्न नपाउँदै घटना स्थलमै ज्यान गएको प्रत्यक्षदर्शी राजेश विद्रोहीले जानकारी दिए ।

दुर्घटनामा बालकको मृत्यु भएपछि अहिले सो ठाउँमा आक्रोसित स्थानीयबासी राजमार्गमा टायर बाल्न थालेका छन् भने सडक समेत अवरुद्ध पारेका छन् । घटना साम्य पार्न व्यापक मात्रामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । आक्रोसित स्थानीय ट्रकमा तोडफोड गर्नुका साथै चालकलाई कुटपिट समेत गर्यो । अहिले चालक प्रहरीको नियन्त्रणमा छ ।
ट्रकका धनीलाई बोलाएर पीडितलाई आवश्यक क्षतिपुर्ती दिन स्थानीयको माग छ । मृतक बालक अजुृनका बुवा लक्ष्मण बैदेशिक रोजगारका क्रममा कतारमा छन् ।













प्रतिक्रिया