काठमाडौं, २१ पुस । प्रहरीले युएईबाट नेपाल आएका एक युवकको साथबाट ३३ किलो सुन बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले विहिबार दिउँसो करिब १४ करोड बराबरको सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको हो ।
दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पिंगलास्थानसम्म पुर्याइएको उक्त सुन एसपी मिरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुराकीको आधारमा ट्याक्सीबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परको तीनै जनामाथि अनुसन्धान भइरहेको अनुसन्धान ब्यूरो प्रमुख डीआईजी नवराज सिलवालले जानकारी दिए ।












प्रतिक्रिया