– विमल योगी
काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली हटाउने निर्णयको कडा शब्दमा विरोध गरेका छन् ।
विहिबार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले मुलुकका समस्या समाधान गर्नुको सट्टा सरकारले भूकम्प पीडितलाई पुनःस्थापनामा खटिएका कर्मचारीलाई हटाएर गल्ती गरेको बताए ।
‘अहिले मुलुकमा संविधान कार्यान्वयन गर्नुपर्ने बेला, चुनाव गर्नुपर्ने बेला, भूकम्पपीतिडलाई राहत दिनुपर्ने बेला प्राधिकरण प्रमुखलाई हटाएर राम्रो काम भएन्,’ ओलीले आक्रोशित हुँदै भने– ‘यसले प्रधानमन्त्री असफल भएको जनाउँछ । हटाएर राम्रो काम गरेनन् । राम्रो भएन् ।’
ओलीले ज्ञवालीलाई सरकारले हटाउनै नसक्ने भन्दै कानूनले हटाउन नमिल्ने व्यवस्था गरेको बताए । ‘निर्माणसम्बनधी तालिम गर्न पनि आफ्नो पार्टीको संस्थालाई दिन माग गर्ने र त्यो माग पूरा नभएपछि प्रमुखलाई पदमुक्त गर्ने ? योभन्दा घटिया सोच अर्काे के हुन सक्छ ?’ अध्यक्ष ओलीको प्रश्न थियो ।
विहिबार विहान प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो । ओली नेतृत्वको तत्कालिन सरकारले ज्ञवालीलाई प्राधिकरणको सिइओ बनाएको थियो ।












प्रतिक्रिया