४ मंसिर २०८३, शुक्रबार

देउवा र प्रचण्डलाई मधेसी मोर्चाको अर्को च्यालेञ्ज- आफ्नो छुट्टै संशोधन दर्ता गराउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ ।

एमाले लगायतका विपक्षी दलहरु संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनमा रहेका बेला बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई नरोक्ने दाबी पनि गर्नुभयो ।

“सङ्क्रमणकालीन अवस्थामा संविधानको धारा २७४ ले संशोधनलाई छेक्दैन, यो अहिले निस्क्रिय छ, प्रदेशसभा गठन भइसकेपछि मात्र सक्रिय हुने भएकाले यसको अहिले औचित्व छैन” – उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति आफूहरुको सरोकार नरहेको बताउँदै अध्यक्ष ठाकुरले भन्नुभयो – “हाम्रा माग पूरा नभएसम्म विरोध जारी रहन्छ ।”

देउवा र प्रचण्डलाई च्यालेञ्ज

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको संशोधन प्रस्तावमा कुनै परिमार्जन नहुने बताइरहनुभएको बेला मधेसी मोर्चाका प्रभावशाली नेता ठाकुरले अलग्गै संशोधन प्रस्ताव संसदमा लैजाने घोषणा गरेर सत्ता पक्षलाई चुनौति दिनुभएको छ ।

यदि मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराए अहिलेको प्रस्ताव पनि रोकिनसक्छ ।