काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले एक महिनापछि पार्टीका राष्ट्रिय अध्यक्ष हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता डा.लोहनीले माघको ११ पशुपति शम्शेर राणाले राष्ट्रिय अध्यक्ष पद छाड्ने पूर्व सहमति भएको दाबी गरे । ‘पूर्व सहमतिअनुसार पशुपति शम्शेर राणाजीले माघ ११ गते राष्ट्रिय अध्यक्ष छाड्न हुन्छ’, उनले दाबी गर्दै भने, ‘त्यसपछिको अध्यक्ष मै हुँ ।’
पार्टी एकीकरण हुनुअघि लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच पालैपालो अध्यक्ष बन्ने सहमति भएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि भने दुबै पार्टीको कार्यकारी अध्यक्ष भने कमल थापालाई बनाइएको थियो । राप्रपाको राष्ट्रिय अध्यक्ष पद नाम मात्रैको हो । अधिकारभरि सबै अध्यक्ष थापासँग रहेको एक नेताले बताए ।












प्रतिक्रिया