४ मंसिर २०८३, शुक्रबार

तीन राजनीतिक शक्तिको बैठक बस्दै, मधेसी मोर्चाले ‘पत्ता’ खोल्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । संविधान संशोधनका विषयमा दलहरूबीच मतभेद भएकै कारण तिक्तता बढिरहेका बेला नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह तीन बजे बस्ने बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जनका विषयमा छलफल हुनेछ । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गरेर सहमतिमा अगाडि बढाउने विषयमा बैठकमा छलफल हुनेछ ।

‘संविधान संशोधनलाई सहयोग गर्न मधेसी मोर्चा तयार छ’, उनले भने, ‘तर संशोधनको प्रस्तावमा केही विषय अपर्याप्त छन् । परिमार्जन कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ ।’

यसअघि पनि सो विषयमा पटक पटक छलफल भए पनि ठोस सहमति भने हुन सकेको छैन । मधेसी मोर्चा यथाअवस्थामा संशोधन प्रस्तावलाई समथर्न नगर्ने पक्षमा छ ।

तर अहिले पाएको अधिकारलाई संस्थागत गरेर थप अधिकारका लागि संघर्ष गर्नुपर्ने मधेसी मोर्चाका केही नेताहरूको धारणा पनि छ । आजको बैठकमा मधेसी मोर्चाले आफ्नो स्पष्ट अडान राख्ने बताइएको छ ।