२ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई रेखाले दिइन् ‘दुईजिब्रे’ को उपाधि, माओवादीले जनतालाई गुमराहमा राखेको आरोप

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका रेखा थापाले माओवादी दुई जिब्रे पार्टी भएको बताएकी छन् ।

बुधवार नेपालगञ्जमा राप्रपाको क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै रेखाले नयाँ नेपालको नाममा जनतालाई गुमराहमा राख्ने माओवादी दुई जिब्रे पार्टी भएकाले आफूले सो पार्टी त्यागेको बताइन्।

उनले जिब्रो फेर्दै हिँड्ने पार्टीको पछि लाग्नुको अर्थ नदेखेर पार्टी परिवर्तन गरेको स्पष्ट पार्दै माओवादी आफैंले उठाएको एजेण्डालाई कार्यान्वयन नगर्ने र नयाँ नेपालका नाममा निजी स्वार्थ पूरा गर्नेतर्फ लागेको बताइन् ।

आफ्नो नीति र विचारमा अडान राख्ने कमल थापा नेतृत्वको पार्टीको भविश्य उज्जवल रहेको उनको दावी थियो ।

‘परिवर्तनकारी शक्ति ठानेर हिजो माओवादीको नजिक रहेकी थिएँ’ उनले भनिन, ‘त्यसले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्र राजनीति गर्दै आएको महसुस भएपछि छाडेकी हुँ ।’