४ मंसिर २०८३, शुक्रबार

संशोधन विधेयकविरुद्ध एमाले उठ्नु भनेको सङ्घीयता खारेज गर्ने खेलः पूर्वमन्त्री किराँती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, २० पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा(एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गर्नुभयो ।

संशोधन गरी सङ्घीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताउनुभयो ।

जिल्ला विकास समिति सोलुखुम्बुको समीक्षा हलमा आज सम्पन्न भएको माओवादी केन्द्रको एकदिने प्रशिक्षण कार्यक्रममा एक नगरपालिका तथा ३० गाविसका करिब २५० जना माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस