काठमाडौं । संस्कृति, पर्यटन तया नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिदै कलाकार राष्ट्रको महत्त्वपूर्ण गहना भएको बताएका छन् ।
प्रज्ञा भवन कमलादीमा पुगेर अन्तिम श्रद्धाञ्जली दिदै संस्कृति मन्त्री शाहीले फुयाँलले नाट्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । साथै मन्त्री शाहीले रंगकर्मी फुयाँलको निधनले नेपालको कलाकारितामा अपुरणिय क्षति पुगेको बताएका छन् । उनले फुयाँलले नेपालको रंगमञ्चमा पुर्याएको योगदानलाई राज्यले कदापी भुल्न नसन्ने धारणा राखेका छन् ।
कलकारिताको माध्यमबाट समाज परिर्वतन गर्नका लागि ठूलो प्रयास गरेको भन्दै मन्त्री शाहीले कलाकार समाज परिर्वतनको संवाहकको रुपमा रहेको बताए ।
टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित भएका उनको जमलस्थित राष्ट्रिय नाचघरमा अभिनय गर्दा गर्दै ढलेपछि उपचारका क्रममा हिजो बेलुका निधन भएको थियो।
















प्रतिक्रिया