१९ कार्तिक २०८३, बिहिबार

सिरहामा नभएको सरकारी कार्यालय स्थापनाको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २० पुस । सिरहा सदरमुकाममा नभएका करिब आधा दर्जन बढी सरकारी कार्यालयहरु अविलम्व स्थापना गर्न स्थानीय यूवाहरुले सरकारसँग माग गरेका छन् ।

सिरहा सदरमुकामस्थित मालपोत कार्यालय अगाडी यूवाहरुले करिब ३ घण्टा धर्ना दिनुका साथै हस्ताक्षर समेत संकलन गरेका हुन् । आज करिब दुई हजार हस्ताक्षर संकलन भइसकेको र भोली पनि हस्ताक्षर संकलन गरी करिब ५ हजार हस्ताक्षर भोली जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाई बुझाउने अगुवा यूवा अरबिन्द यादबले जानकारी दिए ।

उनले भने, ‘सिरहा सदरमुकाममा आन्तरिक राजश्व (कर), यातायात, बन, सरसफाई डिभिजनल, भूमिगत जलस्रोत गायतका आधा दर्जन बढी सरकारी कार्यालय छैन् । यहाँ नभएका सरकारी कार्यालय अविलम्व सिरहा सदरमुकाममा स्थाना होस् भन्ने यहाँका जनताको माग छ ।’

सिरहा सदरमुकाम र लहानबीचको दुरी करिब ४० किलोमिटर छ । यहाँका जनता लहान पुगेर सेवा लिँदा ठूलो रकम त खर्च हुन्छ नै समय पनि बर्बाद हुने गरेकोले सिरहा सदरमुकाममा नभएका सबै सरकारी कार्यालय अविलम्ब स्थापना गर्न सरकारसँग हाम्रो माग छ– उनले भने ।

उक्त हस्ताक्षर कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल सिरहा, माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसवादी दलका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।