४ मंसिर २०८३, शुक्रबार

संविधानमा संघीय गठबन्धनले अघि सार्यो नयाँ माग– धारा २७४ खारेज गर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । संविधान संशोधन प्रस्ताव परिमार्जनको माग गरिरहेको संघीय गठबन्धनले नयाँ माग अघि सारेको छ ।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बुधबार बसेको गठबन्धनको बैठकले संविधानको धारा २७४ खारेज गर्न माग गरेको गठबन्धनका संयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।  ।

संविधानको धारा २७४ ले प्रदेश संख्या हेरफेर गर्न रोक लगाएको छ । जुन मधेसवादी दलले मागेको सीमाकंनको बाधक बनेको छ ।

बैठकले संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।

‘संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने पुरानो अडानबाट गठबन्धन पछाडि हटेको छैन’, उनले भने, ‘सरकारले पूर्वसहमतिअनुसार संशोधन प्रस्तावलाई परिमार्जन गर्नुपर्छ । होइन भने यथाअवस्थामा गठबन्धनले समर्थन गर्न सक्दैन ।’