४ मंसिर २०८३, शुक्रबार

नेता नेपालको प्रश्नः नेपालमै नजन्मेका, बाबुबाजेको अत्तोपत्तो नभएकाले जे माग्यो त्यही लागु हुनुपर्ने ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसवादी दलले जे माग्यो त्यही दिने परिपाटीमा असन्तुष्टि जनाएका छन् ।

प्रेस चौतारी नेपालद्धारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले मधेसवादी दलको माग सम्बोधनका नाममा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गरेका हुन् ।

‘माधव नेपाल मधेसमा जन्मिएको हो उसको कुरा लागू नहुने ?’ उनले प्रश्न गर्दै भने– ‘तर जसको बाबुबाजेको पत्तो नै छैन उसको कुरा चाहिँ लागू हुनुपर्ने ? कसरी हुन्छ यो कुरा ?’

‘एमालेको अडान राष्ट्रिय हितमा रहेको कुरा सर्वोच्चले पुष्टि गर्यो’

नेता नेपालले एमालेले विगतदेखिनै उठाउँदै आएको एजेण्डालाई सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएको बताए । केहि दल र नेताहरुको स्वार्थमा संशोधन प्रस्ताव ल्याइएको भन्दै उनले जनताको हितमा नरहेको संशोधन पारित नहुने दाबी गरे ।

‘नेपालीहरु विभाजन हैन, एकता चाहन्छन् । हिमाल पहाड र तराईमा मिलेर बस्न चाहन्छन्,’ नेता नेपालले भने– ‘विभाजन हामीहरुलाई स्वीकार्य छैन् ।’