१९ कार्तिक २०८३, बिहिबार

युवासंघ र अनेरास्ववियुले भोलि राजधानीमा १० हजार मोटरसाइकलको र्याली निकाल्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २० पुस । नेकपा एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, किसान महासंघ, खेलकुद महासंघसहित बिपक्षी ९ दलका भातृ संगठनले भोलि (विहिबार) राजधानीमा बृहत् मोटरसाइकल र्यालीसहित प्रदर्शन गर्ने भएका छन् ।

राष्ट्रघाति र जनहित विपरितको संविधान संशोधन विधेयकविरुद्ध पुस २२ गते विपक्षी ९ दलद्धारा आयोजित विशाल आमसभाको पूर्वसन्ध्यामा २१ गते भोलि १० हजार मोटरसाइकलमा एकसाथ र्याली निकालिने युवा संघका प्रबक्ता प्रभातबिक्रम कटवालले जानकारी दिए । साथै उपत्यकाभित्र १० ठाँउमा कोणसभा गरिनेछ ।

पुस २२ गते रत्नपार्कबाट मुल जुलुस सुरु भई सहर परिक्रमा गरि ३ बजे भृकुटीमण्डपमा आयोजना हुने बिरोधसभालाई एमालेसहित ९ विपक्षी दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ ।