४ मंसिर २०८३, शुक्रबार

बुधबार उपत्यका बन्द (विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १९ पुस । बुधबार (भोलि) उपत्यका बन्द गर्ने घोषणा गरिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले विभिन्न माग राख्दै बन्दको आह्वान गरेको हो ।

सरकारले उपत्यकामा गरिरहेको सडक विस्तारको बहानामा घर र जग्गामा ठूलो क्षति पुर्याएर आफूहरुलाई सुकुम्बासी बनाइएको पीडितको आरोप छ ।

यो बन्दलाई मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ ।

मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले सडक विस्तार अभियानलाई जनविरोधी गतिविधि भन्दै बन्दसहितका आन्दोलमा उत्रन बाध्य भएको बताए ।

हेर्नुस् विज्ञप्तिः