काठमाडौं, १९ पुस । वरिष्ठ कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ ।
रंग पत्रकार विदुर गिरीका अनुसार रंगकर्मी तथा अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञबल्क्य’ नामक नाटक मन्चन गर्दागर्दै निधन भएको हो ।
उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ ।
उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए ।
तितो सत्यका निर्देशक दीपकराज गिरीका अनुसार फुयांलको पार्थिव शरीरलाई बीर अस्पतालमा राखिएको छ । र, अन्तिम दर्शनका लागि भोलि ११ बजेदेखि २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने छ । त्यसपछि शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित फुयांलका तीन छोरा छन् ।
यसअघि तितो सत्यकै अर्का कालाकार आरपी भट्टराई ‘लादालाम’को निधन भएको थियो ।
















प्रतिक्रिया