झापा, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गर्नुभएको छ । झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिलो जमिनमा आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गर्दा सुटबुटमा सजिएका सुरक्षाकर्मी भने हिलोमा पसिएला भन्ने त्रासमा देखिएका थिए ।
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।
‘केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं । नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ’, प्रधानमन्त्रीले भन्नुभयो ।
कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल लगायतका वक्ताहरुले कृषिको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताउनुभयो ।
एक नम्वर प्रदेशको झापाका पृथ्वीनगर, केचना, बालुबारी, पथरिया, बनियानी र पाठमारी गाविसको हजार हेक्टर क्षेत्रमा आधुनिक तरिकाले धान खेतीको उत्पादन गरिने, स्थानीय बालीको आधुनिक उप्पादनमा सहयोग गर्ने, धान उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको तथा सुपर जोन कार्यक्रमले धानमा आत्मनिर्भरताका लागि महत्वपूर्ण योगदान गर्ने कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिलो जमिनमा आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गर्दा सुटबुटमा सजिएका सुरक्षाकर्मी भने हिलोमा पसिएला भन्ने त्रासमा देखिएका थिए ।












प्रतिक्रिया