काठमाडौं, १९ पुस । सामाजिक संजाल फेसबुकमा मोबाइल सेलिङ एण्ड बाइङ्गि इन नेपाल नामको पेज खोली ठगी गर्ने चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।
सो पेजमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईन मार्फत बिक्रीमा राखी कोही कसैले खरीद गर्न चाहेमा आफुलाई सम्पर्क गर्न अनुरोध गरी सामानहरु खरीद गर्नको लागि ईच्छुक व्यक्तिहरुले निजलाई सम्पर्क गरे पश्चात निजले आफ्नो बैंक खातामा सामानहरुको मुल्य बराबरको रकम जम्मा गर्न लगाई २४ घण्टा भित्र सामान दिने भन्ने झुठो आश्वा्सन दिई आफ्नोे खातामा पैसा दाखिला भई सके पश्चात सामान उपलब्ध नगराई ठगी गर्ने गरेको खुल्न आएको छ ।
यस सम्वन्धमा प्रहरीले आवश्क अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया