१९ कार्तिक २०८३, बिहिबार

डलर देखाएर महिला ठग्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । डलर देखाई झुक्याई ठगी गर्ने सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।

निज नारायण वहादुर र सोही स्थान वस्ने २३ बर्षीय सरोज भण्डारीले लमजुङ्ग बेशीसहर घर भई काठमाण्डौ बसुन्धरा बस्ने २८ वर्षीया मिनमाया तामाङ्गलाई पटक पटक फोन गरी आफुसंग अमेरिकन डलर १९ हजार छ, सो रकम नेपाली १० लाख पाएमा दिन्छु भनि प्रलोभनमा पारी पुस १७ गते ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को खरिवोट वोलाई अमेरिकन डलर ५० को ३ वटा नोट छेउ छेउमा र अमेरिकन डलर १ को २८८ वटा नोटहरु विच विचमा राखी जम्मा ४३८ डलरको विटो वनाई रुमालमा पोको पारी १९ हजार डलर छ भनि झुक्याई निज महिला मिनमाया तामाङ्गवाट जम्मा १० लाख रुपैयाँ लिई दुवै जनाले ५/५ लाख वाँडी निजहरु मध्येका सरोज भण्डारी उक्त रकम लिई तत्कालै सो स्थानबाट भागी गएको र लक्ष्य भन्ने नारायण बहादुर भण्डारीलाई सोही स्थानबाट निजै महिलाले दिएको ५ लाख रुपैयाँ र महिलालाई डलर दिंदै गर्दाको अवस्थामा अमेरिकन डलर ४३८ सहित प्रहरीले पक्राउ गरेको थियो ।

साथै निज लक्ष्य भन्ने नारायण बहादुर भण्डारी समेतलाई यस भन्दा पहिले पनि अवैध रुपमा अमेरिकन डलर कारोवार गर्ने गरेको वारदातमा संलग्न रहेको कसुरमा अमेरिकन डलर ३ सय ४० सहित २०७२ भदौ २५ गते पक्राउमा परी केही सार्वजानिकम मुद्धामा समेतमा अनुसन्धान भई अमेरिकन डलर सहित विदेशी विनिमय गर्ने ऐन २०१९ बमोजिम कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुर पठाईएको छ ।