काठमाडौं, १९ पुस । नेप्बे डटकम, इ कमर्श प्लेतफमले अबसर सम्बन्धी ८ औ भाग स्टार्टअप शनिबारको मासिक बिवरण ललितपुर स्थित पुल्चोक, एम्र्बस क्याफेमा ३१ डिसेम्बर २०१६ शनिबार सम्पन्न भएको छ ।
जोडिनु, प्रोत्साहन दिनु र अभिवृद्धिको साथ संचालित यस महिनाको स्टार्टअप आयात तथा निर्यात व्यवसाय त्यसको अबस्था, सम्भावना, चुनौती र अबसरबारे केन्द्रित भएको थियो ।
स्टार्टअप शनिबार एउटा एस्तो कार्यक्रम हो जो उद्यमी वा आगामीे दिनमा उद्योग व्यावसायमा जान चाहने मानिसहरुलाई लक्षित गरी उनीहरुलाई प्रोत्साहन गर्न र सोही क्षेत्रमा संग्लन व्यक्तिसंग सम्पर्क गराएर उद्यमी बन्न सहयोग गर्ने गर्दछ ।
स्टार्टअप शनिबारमा व्यापार उत्पादन प्रबद्धन सम्बन्धी आफुले भोगेका अनुभवहरुलाइ एक अर्काबीच साटासाट भएको थियो । कार्यक्रमका अतिथिहरुमा एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ र ब्यापार तथा निकासी प्रबद्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्णराज बजगाई रहनु भएको थियो । श्रेष्ठले हस्तकला क्षेत्रको बारेमा अनुभव साट्नु भएको थियो । श्रेष्ठले कडा मेहनत र संघर्षले यो अवस्थासम्म पुग्न आफले अरुबाट समेत प्रेरणा लिएको बताउनुभयो । कार्यक्रमका अर्का अतिथि बजगाइले उत्पादन, प्रबद्धन चुनौतीका बारेमा र नेपाल सरकारले चालेका कदमका बारेमा स्पष्ट पार्नुभयो ।
नेप्बेले हस्तकला तथा घरेलु सामाग्रीहरु उत्पादन गरिरहेका बिभिन्न संस्थाहरुलाई बिक्रिबितरण, प्रोत्साहन गर्ने प्लेटफर्म समेत दिरहेको छ । यसका साथै नेप्बे सिएमओ विबेक कार्कीले नेप्बले आयात निर्यात व्यावसायलाई प्रोत्साहन गर्न र बढवा दिन नेप्बेले चालेका कदमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
पचास व्यक्तिहरु भन्दा बढी सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले कार्यक्रम शैक्षिक,सुचनामुलक, प्रेरणादायी,उपलब्धीमुलक भएको बताएका थिए । युवा व्यापारी, उद्यमीहरुका लागि ब्यापार ब्यावसायलाई धेरै भन्दा धेरै फलदायी,सफल, प्रचारमुखी बनाउनको लागि २८ जनवरी २०१७ यसको अर्को संस्करण निःशुल्क संचालन हुने भएको छ ।
















प्रतिक्रिया