काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको नाममा राजधानीको माइतीघरमा प्रदर्शन गर्न खोज्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डीएसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा ३४ जना पुरुष र ४ महिला रहेका छन् ।
माइतीघरमा जम्मा भइ खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरु कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
‘निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,’ डीएसपी भट्टले दैनिक नेपालसँग भने- ‘अहिले सबै रिहा भइसकेका छन् ।’
नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।












प्रतिक्रिया