
काठमाडौं, १९ पुस । विदेशबाट सुन ल्याउँदा दुई नेपाली पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा फ्लाई दुबई एयरलाइन्सको उडानद्धारा आगमन भएका गुल्मी जिल्ला नेटा–४ बस्ने ३० वर्षीय चिरन्जिवी केसीलाई पार्किङ एरियाबाट सुनको बाला ४ थानको अन्दाजी २ सय ग्राम र एचपी कम्पनीको ल्यापटप ३ थानसहित सोमवार प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी विमानस्थलको आगमन पार्किङ्ग एरियामा कतारबाट आगमन भएका सर्लाही जिल्ला मलगंवा नगरपालिका–११ घर भएका २४ वर्षीय एम. डि. इसर्द अलीलाई सुन जस्तो देखिने पहेंलो धातु १०० ग्राम सहित सोमवार फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया