काठमाडौं, १९ पुस । टोपी दिवसको खिल्ली उडाउँदा सर्वत्र आलोचना भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो र टोपीको जन्मजात साइनो रहेको बताएका छन् ।
आइतबार मनाइएको चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको खिल्ली उडाउँदा सामाजिक सञ्जालमा आफै आलोचनाको शिकार बनेपछि बाबुरामले बुधबार आफ्नो बचाउमा उत्रिएका हुन् ।
टोपी दिवसको दुई दिनपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत टोपी र बाबुराम भट्टराईको जन्मजात साइनो भएको उल्लेख गरेका छन् ।
बाल्यकालमा खिचिएको टोपी लगाएको फोटो आफ्नो ट्वीटर एकाउन्टमा राख्दै बाबुरामले आफूलाई टोपी बिरोधी भन्नु तर्कसंगत नभएको दाबी गरेका छन् ।
उनले लेखेका छन्– ‘बाबुराम र टोपीको जन्मजात साइनो छ है! बाबुरामलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत… ।’
यसअघि टोपी दिवसको खिल्ली उडाउँदै जनवरी १ तारिखका दिन बाबुरामले प्रश्न गरेका थिए– ‘टोपी दिवस रे! अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’











प्रतिक्रिया