काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा जाँदैछन् ।
झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत सुपरजोन धान क्षेत्रको उद्घाटन गर्न त्यहाँ जान लागेका हुन् । त्यस अगाडि उनी केही दिन अगाडी तेर्हथुमको संक्रान्ति बजारमा आगलागी पीडितलाई राहत बाड्न तेह्रथुम पुगेका छन् ।
दुबै कार्यक्रम सकेर प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
दलहरुबीच राजनीतिक गतिरोध कायम रहेका बेला प्रधानमन्त्री प्रचण्ड भने सहमतिको प्रयास गर्नुको साटो देश दौडाहमा छन् ।












प्रतिक्रिया