४ मंसिर २०८३, शुक्रबार

एमालेले गर्‍यो महत्वपूर्ण निर्णय, सदन खोल्न लचक, सत्तापक्षको व्यहारमा भर पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सर्वोच्च अदालतले संविधान संशोधनको प्रस्तावमाथि गरेको फैसलाको स्वागत गर्दै कानूनी शासन, संवैधानिक सर्वोच्चता, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने निर्णय गरेको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा मंगलबार बिहान बसेको स्थायी समितिको आकस्मिक बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । ‘एमाले सधै राष्ट्र, राष्ट्रियता, देश र जनताको पक्षमा उभिँदै आएको छ’, उनले भने, ‘विधिको शासनलाई स्थापित गर्न एमाले दृढ छ । सर्वोच्च अदालतले सोमबार संविधान संशोधनको विषयमा गरेको फैसलाको एमालेले स्वागत गर्छ ।’

केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले भने, ‘संसदको बैठक एमालेले कहिल्यै रोक्ने पक्षमा थिएन । सत्तारुढ दलहरूका कारण अबरोध भएको हो । अब सदन चल्ने नचल्ने भन्ने कुरा र प्रक्रिया उनीहरूको व्यवहारमा भर पर्छ ।’ श्रेष्ठका अनुसार एमालेले सर्वोच्चको फैसलाले एमालेले संविधान संशोधनको प्रस्तावका विषयमा उठाएको मागको झन् पुष्टि भएको ठहर गरेको छ ।

‘एमालेले आन्दोलनका बेला उठाउँदै आएका मागको सर्वोच्च अदालतको फैसलाले झन् पुष्टि गरेको छ’, सचिव श्रेष्ठले भने, ‘सदन चलाउने विषयमा एमालेसहितका नौँ दलहरूको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुनेछ । त्यसपछि सत्तारुढ दलहरूसँग पनि कुराकानी गर्ने छौँ ।’ एमालेले संशोधन प्रस्तावलाई फिर्ता लिनका लागि सत्तापक्षसँग आग्रह पनि गरेको छ ।

पाँच नम्बर प्रदेशका जनताले आन्दोलनमा देखाएको साथ र समर्थन एवम् ऐक्यवद्धतालाई धन्यावाद दिएको एमालेले पुस २२ गतेको काठमाडौंको जनप्रदर्शनलाई अझै ब्यापक र विशाल बनाउने निर्णय र्निाय गरेको छ ।

एमालेको मंगलबारको निर्णयसँगै सदनमा देखिएको गतिरोधले अन्त्य पाउने देखिएको छ । अब वार्ता सम्वादमार्फत संशोधन प्रस्तावलाई अगाडि बढाउन सत्तारुढ दलहरूले पहल गर्ने छन् ।