२ कार्तिक २०८३, सोमबार

पन्ध्र वर्षदेखि नाच्दै आएका रोवट सिंह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्युजिक भिडियोबाट आफ्नो कलायात्रा सुरु गरेका रोवट सिंह बडैलाले यो क्षेत्रमा आफ्ना उर्जाशील १५ वर्ष विताइसकेका छन् । ढेउडा गीतमा पहिलो पटक मोडलिङ गरेका रोवटलाई सुरुवाती दिनमा केही कठिनाइ भए पनि पछिल्ला दिनमा काम गर्न खासै समस्या भएन ।
टेलिफिल्म र ठूला फिल्मा काम गरिसकेका रोवटले अहिले पनि म्युजिक भिडियोमा आफ्नो करियार खोजिरहेका छन् । ‘ठूला फिल्मबाट खासै चर्चा कमाउन सकिएन’, उनले भने, ‘म्युजिक भिडियोमा काम गर्ने मौका पाइरहन्छ । खुसी छु ।’ उनले पछिल्लो पटक गोविन्द मधुर आचार्यको संगीतमा आचार्य र गायिका सुधा रत्नको स्वर रहेको ‘मैले माया गर्दै गएँ…’मा मोडलिङ गरेका छन् । उनको यो म्युजिक भिडियोको निर्देशन अचित श्रेष्ठले गरेका हुन् ।
सुरुवाती दिनमा रोवटले कोरसमा पनि काम गरेका थिए । उनको नृत्य राम्रो लागेर म्युजिक भिडियोका निर्देशकहरूले अग्रभागमा राखेर नचाउने गरेको स्मरण पनि गर्छन् ।
काठमाडौंमा बाँच्नकै लागि अन्य पेशा पनि गरेका रोवट भन्छन्, ‘कलाकारितामा लागेर मात्रै बाँच्न कठिन छ । अरु पेशा व्यवसाय नगर्ने हो भने गाह्रो छ ।’ ठूलो फिल्ममा खेल्नु भन्दा पनि म्युजिक भिडियोमा खेल्दा आफूलाई सजिलो लाग्ने गरेको उनको बुझाइ छ ।

कैलाली जिल्लाबाट कलाक्षेत्रमा लाग्नकै लागि आफू राजधानी प्रवेश गरेको उनले बताए । ‘सानैदेखि कलाक्षेत्रमा लाग्ने रहर थियो’, उनलेभने, ‘अहिले रहर त पूरा भएको छ । नाम पनि कमाइएको छ । तर अरु भने त्यस्तै छ ।’