१९ कार्तिक २०८३, बिहिबार

दलहरूले साझा बिन्दु पहिल्याउन नसक्दा समस्या : कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले प्रमुख दलहरुले अहिलेको समस्याको साझा विन्दु पहिल्याउन नसक्दा समस्या बल्झिदै गएको बताएका छन् ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरको पाँचौं बार्षिक साधारण सभामा बोल्दै मन्त्री कार्कीले दलका नेताहरु आ–आफ्नै अडानमा केन्द्रित रहँदा समस्याको साझा बिन्दु पहिचान हुन नसकेको र दलिय सहमति हुन नसकेको बताए ।

उनले मुलुकमा दल, धर्म र जातको नाममा विभाजन हुने क्रम बढेको तर जोडिने मानसिकता भने विकाश हुन नसकेको भन्दै सकारात्मक सोचको विकास हुनुपर्ने बताए । उनले सञ्चारकर्मीले सकारात्मक भन्दा नकारात्मक सन्देश दिने समाचारहरु मात्र सम्प्रेषण गर्ने प्रवृतिका कारण पनि आम नागरिकको धारणा पनि नकारात्मक रुपमा विकास हुँदै गएको बताए ।

मन्त्री कार्कीले दलहरुमा आफुले प्रस्ताव गरेका एजेण्डा सबै सहि अन्य दलहरुका प्रस्ताव सबै गलत भन्ने राजनीतिक चरित्रका कारण समस्याहरु विकराल बन्दै गएको उल्लेख गरे ।