१९ कार्तिक २०८३, बिहिबार

‘गुण्डा नाईके’ काजी शेर्पा चुच्चेपाटीबाट पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । प्रहरीले ‘गुण्डा नाईके’ काजी शेर्पालाई पक्राउ गरेको छ ।

लेनदेनको विषयमा विभिन्न ब्यक्तिहरुलाई धम्क्याएको र तर्साएको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई काठमाडौंको चुच्चेपाटी क्षेत्रबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जग्गा र पैसा लेनदेनको विषयमा विभिन्न ब्यक्तिहरुलाई धाक–धम्की दिएको उजुरीपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।

भक्तपुरको विभिन्न स्थानका जग्गा खरिद गरेर पैसा दिनुको साटो उल्टो धम्कि दिन थालेपछि पीडितहरुले महाशाखामा उजुरी गरेका थिए ।