काठमाडौं, १८ पुस । कियाचु कतारको संरक्षकत्वमा स्थापित काङसोरे याक्थुङ अक्षय कोषले यस वर्षको शैक्षिक पुरस्कार–२०७२ हालै वितरण गरेको छ ।
हरेक साल चासोक तङनामको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यस पटक किरात ईतिहासकार तथा मुन्धुमविद स्व. ईमान सिंह चेम्जोङको ११४ औं जन्मजयन्ती दिवसको अवसर पारेर वितरण गरिएको हो । किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङदेनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव प्रेम येक्तेनले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि कुलपति गंगा प्रसाद उप्रेती हुनु हुन्थ्यो ।
यस वर्ष काङसोरे याक्थुङ शैक्षिक पुरस्कार–२०७२ शम्भु नेम्वाङ र स्वागत पन्दाकलाई प्रदान गरिएको छ । संस्थाले प्रत्येक वर्ष लिम्वु समुदायवाट एसएलसी परिक्षामा सर्वाेकृष्ट अंक प्राप्त गर्ने निजीवाट १ जना र सरकारीवाट १ जना गरी २ जनालाई पुरस्कार प्रदान गर्दै आएको छ ।
चिलिङदेन गा.वि.स.वडा नं. १ पाँचथरका शम्भु नेम्वाङले सरकारी विधालय श्री घुरवेसी उच्च माध्यमिक विधालय फाक्तेप पाँचथरवाट २०७२ सालको एसएलसी परिक्षामा सहभागी भई ३.४५ प्रतिशत प्राप्त अंक गरी उत्कृष्ट भएका हुन ।

अर्का विधार्थी साव्लाखु गा.वि.स. वडा नं. ६ ताप्लेजुङ्गका स्वागत पन्दाकले श्री लोयाल्टी एकेडेमी मण्डीखटार काठमाण्डौंवाट २०७२ सालको एसएलसी परिक्षामा सहभागी भई लिम्वु समुदायवाट सवै भन्दा उत्कृष्ट अंक प्राप्त गरेका हुन । पन्दाकले ३.८५ प्रतिशत अंक प्राप्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि कुलपति गंगाप्रसाद गौतम र काङसोरे याक्थुङ अक्षय कोषका संस्थापक सल्लाहकार केवल पाहिमले संयुक्त रुपमा पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । हरेक वर्ष विधार्थीहरुलाई प्रदान गरिने शैक्षिक पुरस्कारको राशि दश÷दश हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।












प्रतिक्रिया