१९ कार्तिक २०८३, बिहिबार

करेन्ट लागेर बाजुरामा एकको मृत्यु, चार जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ पुस । बाजुरामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ जिल्लीका ३० वर्षीय चन्द्र लुहार रहेका छन् ।

त्यसैगरी सोही गाउँका बुदे लुहार, गोरे लुहार, उमाकान्त जैशी र वहाँको पत्नी गंगा जैशी घाइते भएका छन । घाइते मध्येका गोर लुहार र बुँदे लुहारको अवस्था गम्भीर छन भने उमाकान्त जैशी र उनकी पत्नी गंगा जैशी सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विजुलीको पोल रहेको ठाउँमा नै उमाकान्त जैशीको घर निर्माणका लागि पिल्लर हाल्न गएका मृतक र घाइते ज्यामीहरुले विजुलीको पोलमा फलामको रण छोएका कारण करेन्ट लागेको अनुमान बाटोमा हिडीरहेका काँसी विकले बताउनुभयो ।

मृतक चन्द लुहारको मृत्युको अवस्थाबारेमा प्रतिवेदन तयार गर्ने प्रहरी नायव निरीक्षक सुरतबहादुर चन्दको नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पुर्याई सकिएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो । घटनाको कारण र विजुलीको लाइन नकाटिनुको कारणबारे थप अनुसन्धान भइरहेको छ ।