२ कार्तिक २०८३, सोमबार

दर्शक बढेपनि ‘भोको घर’ पुस २३ सम्म मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन्धारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ अन्तिम सातामा पुगेको छ ।

सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो । युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन । उनी थिएटर मल नाटकघरका संस्थापक तथा कला निर्देशक समेत हुन् ।

‘भोको घर’ले आइतबारसम्म २१ औं मञ्चन भइसकेको छ भने ६ वटा मञ्चन बाँकी रहेको थिएटर मलका प्रबन्ध निर्देशक इलिना नकर्मीले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन् । ३० महिनाअघि खुलेको थिएटर मल नाटकघरमा यस नाटकले उल्लेखनीय चर्चा तथा दर्शक पाएको उनले बताएकी छिन् ।

निदेशक श्रेष्ठको यो पाँचौ नाटक हो । आफै पनि नाटक लेख्ने श्रेष्ठले यसपटक अग्रज नाटककारको नाटकलाई मञ्चमा उतारेका हुन् । उनले यसअघि उपियाँको निवन्ध, मान भर्सेस मती, बदरंगः लोचनवंशको साक्ष्य लगायत नाटकहरु निर्देशन गरेका थिए । अघिल्ला दुई नाटक उनी आफैले लेखेका हुन् ।

दर्शक राम्रो पाएपनि अर्को नाटकलाई तुरुन्तै मञ्च दिनुपर्ने भएकोले नाटकको समयावधि नबढ्ने उनले बताएका छन् । यो नाटक पहिले निर्धारित मिति पुस २३ गतेसम्म बुधबारबाहेक हरेक साँझ ठिक ५ बजे र शनिबार अचिरिक्त शो १ः३० बजे हुनेछ ।