काठमाडौं, पुस १८ । नेपालमा आइतबार (हिजो) चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइयो । दिवसका अवसरमा राजधानीसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरियो । धेरैले एक दिनका लागि भएपनि नेपाली ढाका टोपी लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा राखे ।
तर, नेपाली टोपीको यस्तो प्रचार प्रसार नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई मन परेन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यग्यांत्मक शैलीमा टोपी दिवसको विरोध गरे । ‘अब बख्खु, धोती दिवस पनि मनाउनुपर्छ’ भन्दै बाबुरामले व्यग्य गरेका थिए ।
बाबुरामले ट्वीट गरेका छन्– ‘टोपी दिवस रे ! अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’
बाबुरामले व्यंगात्मक शैलीमा टोपी दिवसको विरोध गरेपछि कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जवाफ फर्काएका छन् । कलाकार गिरीले फेसबुकमा लेखेका छन्- ‘बिहानै टोपी लगाएको फोटो हालेको बाबुरामजीले देखि सहेनन् ।’ टोपी दिवस मनाउँदा धोतीलाई समस्या किन भन्दै गिरीले भट्टराईलाई प्रश्न गरेका छन् ।
त्यस्तै कलाकार गिरीले बाबुरामलाई टोपी लगाएको हो श्रीपेच होइन । त्यसकारण नआत्तिन भन्दै व्यगात्मक शैलीमै जवाफ फर्काएका छन् । उनले लेखका छन्–‘हामीले टोपी लगाउँदा पनि श्रीपेचनै लगाएको जस्तो नगर्नुस् न है ।’
दीपकले लेखेका छन्- ‘बिहानै टोपी लगाएको फोटो हालेको… बाबुरामजीले देखि सहेनन्…!!! कमरेड… टोपीको दिबस मनाउँदा धोतीलाइ किन समस्या ? भोलि धोती दिबस भयो भने टोपी वालालाई के समस्या ? दशै मात्र मनाउने हामी अहिले ल्होसार, इद, क्रिसमस सब मनाउछौ । यसो गर्दा झन् सहिष्णुता बढ्छ होइन र ? रामबरणजी ले टोपी लगाउनु हुँदा उहाँलाई सुहाएको थिएन र ? तपाई धोती लगाउन तराइ पनि झर्नु भो… त्यो गलत थियो र ? हाम्ले टोपी लगाउदा पनि सिरिपेच नै लगाको जस्तो नगर्नुस न है ?’
नेपाली टोपी दिवसको विरोध, अंग्रेजी नयाँ वर्षको शुभकामना
यता नेपाली टोपी दिवसको विरोध गरेका बाबुरामले अंग्रेजी नयाँ वर्ष २०१७ को भने शुभकामना दिएका छन् । यसले बाबुराम नेपाली संस्कृतिभन्दा विदेशी संस्कृतिलाई आफ्नो ठान्छन् भन्ने बुझाउँछ ।
















प्रतिक्रिया