
घोराही, १८ पुसा । दाङ जिल्लाको पुरानो विद्यालय पद्मोदय नमूना पब्किलक माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाको स्तरउन्नतीका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ आयोजना हुने भएको छ ।
महायज्ञका लागि घोराहीको जिविस रोडमा सचिवालय स्थापना समेत गरिएको छ । पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरीय प्राविधिक शिक्षालय सञ्चालनार्थ आयोजना गरिएको महायज्ञका लागी माधव न्यौपानेको घरमा सचिवालय स्थापना गरिएको महायज्ञका प्रचारप्रसार संयोजक सुदीप गौतमले जानकारी दिए ।
‘सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधिक शिक्षाको आवश्यकता’ भन्ने मुल नाराका साथ महायज्ञ आयोजक हुन लागेको मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
महायज्ञको प्रमुख कथावाचक पण्डित दीनवन्धु पोख्रेल र सहवाचकमा धुव्रशरण बस्याल रहने छन् ।












प्रतिक्रिया