काठमाडौं । ‘सिन्ड्रेला नेपाल–२०१६’को उपाधि रीतिशा कार्कीले जितेकी छन् । अंग्रेजी नयाँ वर्ष २०१७ को पूर्वसन्ध्यामा प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगितामा आफ्ना ४४ जना स्पर्धीलाई पछि पार्दै रीतिशाले उपाधि पोल्टामा पारेकी हुन् ।
प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा पहिलोपटक आयोजित यस प्रतियोगितामा ९ देखि १३ वर्ष उमेरका ४५ जना बालिकाले अन्तिम स्पर्धा गरेका थिए ।
प्रतियोगितामा स्लेशा कार्की फस्ट रनरअप र प्रमिती भण्डारी सेकेण्ड रनरअप भए । रोजिन शाक्य र विपना थापाको कोरियोग्राफी रहेको प्रतियोगितामा कृतिका तामाङ मिस ट्यालेन्ट, अदीति भट्टराई बेस्ट ड्रेस र एन्जेलिना पराजुलीले फोटो जेनिक अवार्ड पाए ।
कृष्था चापागाईँ मिस चार्मिङ, अर्शिया मानन्धर मिस पर्सनालिटी, सुविना श्रेष्ठ बेस्ट स्किन, अस्मिता तामाङ बेस्ट हेयर, फूर्वा शेर्पा, निश्चिता मिस फ्रेण्डशिप र प्रेरणा नेपालले मिस डिस्प्लिनको अवार्ड पाए ।
मोडल तथा अभिनेत्री निशा पोमु र लक्ष्मी योङ्हाङ नृत्य गरेर उपस्थित दर्शक तथा पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए । मिक्सअप गीतमा निशाले गरेको ‘फ्रि–स्टाईल’ नृत्यमा दर्शक रमाएका थिए ।















प्रतिक्रिया