दाङ, १७ पुस । कुटपिट गरी श्रीमती मारेको अभियोगमा लालमटिया–१ बसन्तपुर बस्ने श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चौधरीले पुस ११ गते ५० बर्षीया श्रीमती लैहिया चौधरीलाई घरायसी बिवादमा कुटपिट गर्दा गम्भिर घाइते भएकोले उपचारको लागि बुटवल चौराहा अस्पताल पठाइएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया