१९ कार्तिक २०८३, बिहिबार

युवा संघका उपाध्यक्षको सरकारलाई चुनौतिः बानेश्वरमा गाडी जलाउने मै हो, सके मलाई कारबाही गर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा संघ उपाध्यक्ष रमेश पौडेल ।

काठमाडौं, १७ पुस । युवा सघं नेपालका उपाध्यक्ष रमेश पौडेलले बानेश्वर घटना युवा सघंको नेतृत्वमा भएको स्पष्ट पारेका छन् ।

बानेश्वर घटनामा संलग्नलाई कारबाहीको माग उठिरहेका बेला उपाध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत बानेश्वर घटना आफ्नै नेतृत्वमा भएको र हिम्मत भए आफूलाई कारबाही गरेर देखाउन चुनौति दिएका छन् ।

उनले आफ्ना नेताहरुको हत्या तथा आक्रमणको विरुद्ध भएको आन्दोलनको क्रममा भएको घटनालाई लिएर निर्दोष सघंका नेताहरुलाई अपराधी बनाउने तिर लागेको भन्दै ‘घटना मेरै नेतृत्वमा भएको र सक्छौं भने कारवाही गर’ भन्दै चुनौति दिएका हुन् ।

‘प्रहरी प्रशासनका अधिकृतहरूलाई प्रष्ट भनिसकेको छु, आन्दोलन युवा संघको नेतृत्तवमा भएको हो, तसर्थ यसको सम्पूर्ण जिम्मेवारी युवा संघ नेपालले लिन्छ ।’ उनले भनेका छन्– ‘हाम्रो नेताहरुलाई प्रशासनबाट दुःख दिने कार्यहरू भइरहेको छ, आन्दोलनको नेतृत्व मैले गरेको हुँदा हिम्मत भए मलाई कारवाही गरेर देखाउनुहोस् ।’

उनले सरकारी गाडीको क्षतिपूर्ति दिन आफूहरू तयार भएको बताउँदै क्षति प्रष्ट विवरणको मागसहित पुष्पकमल दाहाल र बिमलेन्द्र निधिले युवा संघसंग निवेदन दिन आग्रह गरेका छन् ।

त्यस्तै उनले सरकार संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या, सदस्य सन्तोष बुढाथोकी आक्रमण, काभ्रेको एमालेमाथिको आक्रमणविरुद्ध भएको आन्दोलनको क्रममा भएको घटनामा सरकारले निर्दोष नेताहरुलाई अपराधी घोषित गर्नेतिर लागेको आरोप लगाएका छन् ।

प्रहरीले शुक्रबार बानेश्वरमा सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता भएको र फरार रहेको बताएको छ ।

अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा.१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो ।

बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो ।