१९ कार्तिक २०८३, बिहिबार

बालबालिकालाई कपडा, बल्यांकेट र शैक्षिक सामग्री वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, पुस १७ । गणतन्त्र राष्ट्रिय दैनिकले दशौ वार्षिकोत्सबको अबसरमा फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामग्री, लत्ता कपडा र बल्यांकेट सहयोग गरेको छ ।

विद्यालयका १५ जना छात्रछात्राहरुका लागि पत्रिकाले १५ वटा ब्लाङ्केट, लत्ताकपडा, शैक्षिक सामग्रीका रुपमा कापीकलमहरु बितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व स्थानीय विकास मन्त्री युवराज ज्ञवाली, पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले विद्यालयकी शिक्षिका मञ्जु पौडेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पत्रिकाका प्रकाशक सम्पादक सविन प्रियासनले गतवर्ष पनि सोही विद्यालयका बालबालिकालाई लत्ताकपडा, पोशाक, शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

यसैबीच सोही कार्यक्रममा घोराहीको युएनविसी क्लवले घोराहीको बालमन्दिरमा अध्ययन गर्दै आएका सुस्तमनस्थितिका बालबालिकाहरुका लागि कपडाहरु वितरण गरेको छ । क्लवमा आबद्ध युवाहरुले फरक क्षमता भएका बालबालिकाहरुका लागि २०/२० थान ट्राउजर र स्वीटर वितरण गरेका हुन् ।

क्लवका सचिव योगबहादुर खड्कालगायतका युवाहरुले विद्यालयकी शिक्षिका मञ्जु पौडेललाई हस्तान्तरण गर्नुभएको हो । खेल क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाएको क्लवले सहयोग गरेको हो ।