३ कार्तिक २०८३, मंगलबार

एनसिसीसँग गाभिए चार विकास बैंक, एकीकृत कारोबार सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । एसिसी बैंकसँग चार वटा विकास बैंक गाभिएका छन् ।

मर्जरकालागि सहमति भएको झन्डै एक बर्षपछि एनसिसीसंग एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएका हुन् ।

मर्जरपछि एसिसी बैंकले आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ । कारोबार एनसिसी बैंकको नाममै हुनेछ ।

बैंकको सञ्चालक समिति हाल नेपाल राष्ट्र बैंकले लिइरहेको छ । मर्जर पूरा भएसँगै सोमबारबाट उसले सञ्चालक समिति जिम्मा लगाएर बाहिरिने छ ।

राष्ट्र बैंकको तर्फबाट एनसिसी बोर्डको संयोजक लक्ष्मीप्रपन्न निरौलाले सोमबारसम्ममा राष्ट्र बैंक बाहिरिने र अब वास्तविक लगानीकर्ताले नै बैंकको साँचो पाउने जानकारी दिए ।

एनसिसीमा गाभिएकामध्ये एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले शेयर पाएका छन् ।