५ मंसिर २०८३, शनिबार

…जब पारस शाह यो रुपमा भेटिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । केही समय यता नेपालमा बस्दै आएका पूर्व युवराज पारस शाह आजकल राजधानीका विभिन्न समारोहमा देखिन थालेका छन्

नेपाली युवा जमातले हर्षोल्लासपूर्वक नयाँ बर्षको स्वागत गरिरहँदा पूर्वयुवराज पारस पनि दरबारमार्गको होटल अन्नपूर्णमा देखिए । उनी आफ्ना अन्य साथीहरुसँगै नयाँ बर्षको स्वागतमा व्यस्त थिए ।

लामो कपाल पालेका, ख्याउटे तर रमाइलो मुडमा देखिएका पारसलाई भेट्दा नयाँ बर्षको खुसी साटासाट गर्न भेला भएका सर्वसाधारणहरु रमाइलो मानेका थिए । कतिले भने पारसलाई चिन्दै चिनेनन् ।

अन्नपूर्ण होटलमा १९७४ एडीले सांगितिक कोसेली पस्केको थियो । त्यसैको आनन्द लिन पारस दरबारमार्ग आइपुगेका थिए ।