काठमाडौं, १७ पुस । चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।
समूह बि को अन्तिम खेलमा शनिबार भारत र बंगलादेशबिचको खेल बराबरीमा रोकिदा भारत सेमिफाइनलमा पुगेको हो । यसअघि शुक्रबारको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले हराएर समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
भारतको सिलगुढीमा रहेको कञ्चनजङ्घा रङ्गशालामा नेपाल र भारतबीच सोमबार सेमिफाइनल भिडन्त हुनेछ ।















प्रतिक्रिया