काठमाडौं, १७ पुस । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा शनिबारदेखि मौसम बदली भई एक्कासी चिसो बढेको छ ।
मौसमविद् सुजन सुवेदीका अनुसार काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा आइतबार दिनभर फाट्फुट्ट पानी पर्न सक्ने र चिसो अझै बढ्ने पूर्वानुमान गरिएको छ । ‘अहिले उपत्यकालगायत आसपासका जिल्लाहरुमा फाट्फुट्ट पानी परिहरहेको छ,’ सुवेदीले भने– ‘त्यस्तै हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने सम्भावना छ । चिसो अझै बढ्छ ।’
पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएर केहीस्थानमा पानी परेको र चिसो बढेको मौसम पूवार्नमान विभागले जनाएको छ ।












प्रतिक्रिया