काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल विरामी परेकी छन् ।
उनलाई ६ दिनअगाडि राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
सीतालाई झाडा पखाला र उच्च ज्वरोको समस्या देखिएपछि अस्पताल लगिएको थियो ।
पत्नी सीता विरामी परेपछि प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् । यद्यपी सीताको स्वास्थ्यमा सुधार आइरहेको परिवार स्रोतको भनाई छ ।











प्रतिक्रिया