२८ आश्विन २०८३, बुधबार

चीनले बनाएको विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेईजिङ, १७ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ ।

दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् ।

“यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुका लागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने ।

यस पुलले यसअघिको सवै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् । – एएफपी

हेर्नुस् भिडियोः