काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१७’मा काठमाडौं निवासी २१ वर्षीया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।
इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रीन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिराएको छ । उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन् ।
अमात्य प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन् ।
प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्टि श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।
मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हँुदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा यो नेपालको तेस्रो सहभागिता हो । यस अगाडि २०१५मा प्रिन्सा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा २०१५ देखि आयोजना हुँदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्न यो प्रतियोगिताको आयोजना हुँदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।















प्रतिक्रिया