२ कार्तिक २०८३, सोमबार

रेखा थापाले दर्शक र आयोजकलाई यसरी दिक्क बनाइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही । दाङ जिल्लाको डुरुवा– ४ कोठरीमा जारी माघी विशेष सांस्कृतिक महोत्सवमा अभिनेत्री रेखा थापाले नाँचेर मनोरञ्जन दिन्छिन् होला भनेर धेरैले दर्शकले अपेक्षा गरेका थिए । तर थापाले सबैलाई मनै भाँच्चिने गरेर निराश बनाइ दिएकी छिन् ।

महोत्सव आयोजकसँग मोटो रकम लिएर दाङको कोठरी पुगेकी अभिनेत्री थापाले विभिन्न गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका थिए । तैपनि सांस्कृतिक महात्सवमा जम्मा भएका हज्जारौँ सर्वसाधारणले अभिनेत्री थापाको स्वरमा गाइएको गीतलाई सुन्न बाध्य भएर सुने । अभिनेत्री थापाको आउजाउको खर्च र पारिश्रमिक वाफतको रकमले आयोजकलाई चिडचिड पसिना छुटाएको एक सदस्यले बताए ।

सांस्कृतिक महोत्सवमा आएका एकजना युवा दर्शकले भने, ‘पहिला रेखा थापा भनेपछि स्टेट तात्तिन्थ्यो । रेखाको नाँच हेर्न सबैले चासो दिन्थे । आज त रेखाका नाच हेनै पाइएन । बरु बेसुरा स्वरको गीत सुन्न पर्‍यो । टिकटको पैसा बर्दाद भयो ।’

राप्रपामा प्रवेश गरेपछि केही दिन चर्चामा आएकी अभिनेत्री थापालाई बढ्यौलीले छोएको कोठरी महोत्सवमा प्रष्ट देखिन्थ्यो । सधै आफ्ना तिघ्रा देखाएर स्टेजमा जाने गरेकी थापाले कोठरी महोत्सवमा साडी लगाएर प्रवेश गरेकी थिइन् ।

अभिनेत्री थापालाई समर्थकहरूले भव्य स्वागत पनि गरेका थिए । तर स्थानीय प्रशासनले थापालाई आवश्यक्ताभन्दा बढी सुरक्षा दिएको भन्दै आलोचना समेत भएको छ ।

लामो भाषण दिएर समर्थकहरूलाई बोर बनाएकी अभिनेत्री थापाले चार बजेतिर ‘बनेको छ पहराले यो छाती मेरो…’ बोलको राष्ट्रिय गीत गाएकी थिइन् । त्यसपछि उनले ‘तिमीलाई कुनै पल नभेटु…’, ‘बट स्लोली…’ बोलका गीत पनि गाइन् ।

कोठरी महोत्सवमा स्थानीय गायक देवेन्द्र बस्नेत, तिलक ओली, पिताम्वर रिजाल, खड्ग शर्मा, शंकर पुरुष, बालकलाकारहरू लोसिना लामिछाने, समीक्षा पौडेल, वि फ्रिडम डान्स एकेडेमी नारायणपुर, लेट्स डान्स घोराहीका कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए ।