२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा रोनालीले नेपालको प्रतिनिधित्व गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१७’मा कामनपा ११ की २१ बर्षीया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिर्याएको छ । उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन् ।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागिता हो । यसअगाडी २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा २०१५ देखि आयोजना हुँदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्न यो प्रतियोगिताको आयोजना हुँदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।