काठमाडौं, १५ पुस । नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले गाडी जलाउनेलाई पार्टीले कारवाही गर्ने बताएका छन् ।
रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीको हत्या प्रयासको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बानेश्वरमा जुलुस निकालेको बेला शुक्रबार दिउँसो बुद्धनगर क्षेत्रमा सरकारी गाडीमा आगजनी भएको थियो ।
आगजनीको जिम्मा युवा संघले लिएका बेला नेता अधिकारीले घटनामा संलग्नलाई पार्टीले कारवाही गर्ने बताएका हुन् ।
‘गाडी जसले जलाओस त्यो निन्दनीय छ ! गलत गर्नेलाई हदैसम्मको प्रशासनिक कारबाही होस’, अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘पार्टीले छानविन गरी कारबाही गर्नेछ ! हिंसा सैह्य छैन !!’
युवा संघले राजधानीमा निकालेको जुलुसको आक्रोशित भिडले बुद्धनगरमा बाग्मती सभ्यता आयोजनाको बा २ झ १३९२ नम्बरको स्कर्पियोमा आगजनी गरेको थियो ।












प्रतिक्रिया