४ मंसिर २०८३, शुक्रबार

शेरबहादुरको सुत्रले मधेसी मोर्चा उत्साहित, मधेसी नेताहरु हाँस्दै बाहिरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १५ पुस । सत्तारुढ नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता सकारात्मक भएको छ ।

एक हप्ताभित्र निर्वाचन गर्ने प्रमुख तीन दलको निर्णयबाट संशकित बनेको मोर्चा शुक्रबार अपराह्न कांग्रेस संसदीय दलको कार्यालयमा भएको वार्तापछि आश्वस्त बनेको हो ।

बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधनविना एमालेसँग मिलेर चुनाव गर्न लागेको हो भनी प्रश्न गरेका थिए ।

फाइल तस्वीर

जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै संशोधन प्रस्ताव अगाडि बढ्ने बताए ।

सदभावना महासचिव मनीष सूमनका अनुसार देउवाले ‘संशोधन अघि बढ्छ, कुनै हालतमा ब्याक हुन्नौं । राजनीतिक सहमति गरेर अगाडि जान्छौं । एमालेले अन्तिम हावरमा सहयोग गर्छ’ भनेका थिए । त्यसपछि मधेसवादी दलका नेता आश्वस्त बनेका थिए ।

यता बैठक स्रोतका अनुसार सभापति देउवाले एमाले र विपक्षी दललाई सहमतिमा ल्याउने सुत्र सुनाएपछि मोर्चाका नेताहरु उत्साहित बनेका थिए । त्यो सुत्र के हो भन्ने बाहिर आएको छैन् ।

‘उहाँ (देउवा)ले संविधान संशोधन हुन्छ । वैशाखमा निर्वाचन पनि हुन्छ । एमालेले सहयोग गर्छ । अरु दल पनि सहमतिमा आउँछन् । सुत्र मसँग छ, भन्नुभयो’, बैठक स्रोतले दैनिक नेपालसँग भन्यो– ‘सुत्रको कुरा आएपछि मधेसवादी दलका साथीहरु खुसी भए ।’

प्रत्यदर्शीका अनुसार देउवाको सुत्र सुनेपछि मधेसी नेताहरु हर्षित हुँदै बाहिरिएका थिए ।