४ मंसिर २०८३, शुक्रबार

घर घरमा नयाँशक्ति अभियान, तत्काल तीन लाख सदस्य बनाउने बाबुरामको लक्ष्य

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १५ पुस । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुक अहिले आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले भौगोलिक राष्ट्रिय र्निाणको भौगोलीक राज्य निर्माण र लोकतान्त्रिककरणको क्रम सकिएकाले मुलुक अहिले आर्थिक र समृद्धिको चरणमा गएको बताए । नयाँ शक्ति नेपाल प्रशिक्षण विभाग प्रदेश नः ३ ले रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको ‘घर घरमा नयाँशक्ति अभियान २०७३’ अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।

बिभिन्न कालखण्डमा बिभिन्न उपलब्धीहरु प्राप्त भएकाले ती उपलब्धीहरुलाई टेकेर विकास र समृद्धिको चरणहुदै सम्मुनत समाजबादको दिशामा लैजानुपर्ने उनको भनाई छ ।

उनले नेपालमा रहेको राजनीतिक पार्टि मध्ये नयाँशक्ति नेपाल मात्र एउटा त्यस्तो पार्टी हो जसले युगको आवश्यकतालाई बोध गरेर नयाँ निति तथा कार्यक्रमहरु ल्याएर अगाडि बढेको बताए । उनले नयाँशक्ति पार्टि बिस्तार गरेर देशका सबै नगरपालिका र वडा वडामा पुर्याउने उद्देश्यले अभियान चलाईएको बताए । उनले सबै ठाउँमा पार्टिलाई बिस्तार गरेर तत्काल ३ लाख पार्टिका सदस्य सङख्या पुर्याउने आफुहरुको लक्ष्य रहेको पनि बताए ।

उनले जुनै पनि अभियानमा लाग्नका लागी अभियानको बैचारिक कार्यदिशा बुझेर मात्रै लाग्नु पर्ने बताए । उनले नयाशक्ति नेपालको अभियानका लाग्नका लागी पनि यसको सिदान्त र कार्यदिशाका बारेमा प्रष्ट बुझेर मात्र लाग्न आग्रह गरे ।

शुक्रबारवाट सुरु भएको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम शनिबार सकिने नयाँशक्ति नेपाल प्रशिक्षण विभाग प्रदेश नः ३ ले जनाएको छ ।