३ कार्तिक २०८३, मंगलबार

महासंघ तथा पर्यटनराज्य मन्त्रीबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले विभिन्न मन्त्रीहरुलाई भेटी आफना मागहरुका विषयमा जानकारी गराउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्र बहादुर बानियाँसँग भेटघाट गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले राज्यमन्त्री बाँनियासँग शनिवार भेटगरी व्यवसायीहरुका समस्या र समाधानका विषयमा जानकारी गराएको हो ।

महासंघले निर्माण आयोजनाहरुको म्याद थप, मूल्य समायोजन तथा क्षतिपूर्तिको व्यवस्था, उच्चस्तरीय निर्माण बोर्ड गठन लगायतका विषयमा राज्यमन्त्री बानिँयाको ध्यानाकर्षण गराउँदै व्यवसायीहरुको माग बमोजिम समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

साथै महासंघले सार्वजनिक खरिद अनगमन कार्यालयबाट जारी हुन लागेको निर्माण कार्य खरिद सम्बन्धी Standard Biding Document मा महासंघको सहभागिताको लागि पहल गरिदिन माग गरेको छ ।

साथै महासंघले निर्माण आयोजनाहरुमा आई राजनैतिक दलका कार्यकर्ताहरु लगायत स्थानिय स्तरका मानिसहरुले चन्दा माग गर्ने गरेको र चन्दा नदिए ज्यानै मार्ने सम्मका क्रियाकलाप हुने गरेको कारणले समेत निर्माण अयोजनाहरु प्रभावित हुने गरेको अवस्था रहेकाले चन्दा असुलि बन्द र निर्माण आयोजनाहरुमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि पहल गरिदिन राज्य मन्त्री समक्ष अनुरोध छ ।

जवाफमा राज्यमन्त्री बाँनियाले आफू निर्माण व्यवसाय पृष्ठभूमिबाटै आएको व्यक्ति भएकाले व्यवसायीहरुका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

भेटमा महासंघका सल्लाहकारहरु सुकन्तलाल हिराचन, निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष भिमबहादुर साउद, महासचिव रामशरण देउजा, उपमहासचिवहरु विष्णु बुढाथोकी र सूर्यप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।